राप्रपा गोरखाको अध्यक्षमा ढकाल

राप्रपा गोरखाको अध्यक्षमा ढकाल

raprapa-gorkha

गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जिल्ला अध्यक्षमा सुदीप ढकाल निर्वाचित भएका छन् । मंगलबार भएको मतदानमा उनले ४ प्रतिस्पर्धीलाई पराजित गर्दै ६७ मतका साथ विजयी भएका हुन् ।

१ सय ५७ मतदातामध्ये ८२ जनाले मतदान प्रक्रियामा भाग लिएका थिए । अध्यक्ष पदमा उम्मेदवारी दिएका रामराजा कोइराला, भगवानदास मल्ल, अम्बिका रूपाखेती र रामबाबु अर्याल भने पराजित भए । एकता अधिवेशनले ३१ सदस्यीय जिल्ला समिति चयन गरेको ढकालले बताए ।

४० प्रतिशत सदस्य मनोनीत गर्ने प्रावधानअनुसार जिल्ला समिति ५३ सदस्यीय हुने उनले बताए । सदस्यबाट उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्षलगायत पदाधिकारी मनोनीत गर्ने प्रावधान छ ।

राप्रपालाई जिल्लामा बलियो शक्तिको रूपमा स्थापित गर्न संगठन निर्माणलाई ध्यान दिने नवनिर्वाचित अध्यक्ष ढकालले बताए । राप्रपाले ११ वटै स्थानीय तह, दुईवटा संघीय र चारवटा प्रदेशसभाअन्तर्गतका निर्वाचन क्षेत्रमा पनि सर्वसम्ममत रूपमा नेतृत्व चयन गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ