काकाको ३ लाख रुपैयाँ लुट्ने भतिज पक्राउ

काकाको ३ लाख रुपैयाँ लुट्ने भतिज पक्राउ

pakrau

मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीबाट नगद ३ लाख लुटपाट गरेको अभियोगमा काठमाडौं कीर्तिपुर बस्ने बैतडीका २६ वर्षीय लवजित भट्टलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।

लवले आफ्नै काकालाई बिदेश पठाईदिन सहयोग गरिदिन्छु भनि लोकन्थलीमा लगेर नगद लुटेको प्रहरी परिसर भक्तपुरले जनाएको छ।

लुटिएको खबर पाएपछि महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ