आजदेखि त्रिवि अन्तर्गतका सबै कलेज भौतिक उपस्थितिमै सञ्चालन

आजदेखि त्रिवि अन्तर्गतका सबै कलेज भौतिक उपस्थितिमै सञ्चालन

TU

काठमाडौँ । आज शुक्रबारदेखि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्बन्धन प्राप्त सबै कलेजमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुँदैछ ।

कोरोना महामारीको सम्भावित जोखिमबाट बच्न विशेष सर्तकता अपनाइ भौतिक उपस्थितिमै कक्षा सञ्चालन गरिने त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले जनाएको छ ।

गएको भदौ २७ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले सर्तकता अपनाउँदै भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

पालिकाले तोकेको समय सीमा र मापदण्डभित्र रहेर त्रिवि अन्तर्गतका कलेज सञ्चालन गरिने जनाइएको छ । यसअघि महामारीको जोखिमलाई ध्यानमा राख्दै अनलाइन कक्षा सञ्चालन भइरहेको थियो ।

अहिले नेपालमा त्रिविको सम्बन्धन प्राप्त क्याम्पस एक हजार चार सय २५ वटा छन् जसमा एक सय ३७ आङ्गिक, पाँच सय आठ सामुदायिक र सात सय ८० निजी क्याम्पस सञ्चालनमा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ