स्याङ्जाको बिरुवामा करेन्ट लागेर एक महिलाको मृत्यु

स्याङ्जाको बिरुवामा करेन्ट लागेर एक महिलाको मृत्यु

current

राम बहादुर रोकाहा, स्याङ्जा । जिल्लाको बिरुवा गाउँपालिकामा शनिबार बेलुकी करेन्टको झट्काबाट एक महिलाको मृत्यु भएको छ ।

स्याङ्जाको बिरुवा गाउँपालिका ८ घर भई हाल विरुवा १ धुली गैरा बस्ने ५२ वर्षीया पुर्णकला बिकको शनिबार बेलुकी ८ बजे करेन्ट लागेर मृत्यु भएको हो ।

आफ्नै घरमा बेलुकी टिभी हेर्नका लागि टिभीको प्लग जोड्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेपश्चात घाइते भएकी उनलाई उपचारका लागि विरुवा १ मै रहेको पश्चिमाञ्चल क्लिनिकमा ल्याई पुर्याउँदा मृत्यु भइसकेको प्रहरी चौकी बिरुवा, अर्चलेले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ