पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना पुष्टि, १४१३ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना पुष्टि, १४१३ संक्रमणमुक्त

corona-Update

पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक कोभिड सम्बन्धी अपडेट अनुसार ७,३०४ पीसीआर परीक्षणमा ६५६ र २,७०९ एन्टिजेन परीक्षण गर्दा ७८ जना गरी ७३४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४१३ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्‍यु हुनेको संख्या ११ हजार ४० पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds