आयंका जन्मिइन्, आमाबाबु बने प्रियंका र आयुष्मान

आयंका जन्मिइन्, आमाबाबु बने प्रियंका र आयुष्मान

priyanka-become-mum

नायिका प्रियंका कार्की आमा बनेकी छन् । प्रियंकाले छोरीलाई जन्म दिएकी हुन् ।

सामाजिक सञ्जालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गरेकी छन् । प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छन् । तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिएका छन् ।

नायिका प्रियंका र नायक आयुष्मान देशराज जोशीले वि.सं‍. २०७६ साल फागुण १६ गते विवाह गरेका थिए । गर्भवती भएपछि प्रियंकाले सामाजिक सञ्जालमा पोष्ट गरेका तस्वीर र भिडियाेहरुले उनको चर्चा र आलोचना समेत भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ