चलचित्रकर्मीले दसैँको फूलपातीबाट सिनेमा घर खुल्ने आशा गरेका छन् । निषेधाज्ञाका कारण बन्द रहेका उपत्यकाका सिनेमा घरलाई असोजको दोस्रो हप्तादेखि खुल्न दिने निर्णय सरकारले गरेको छ ।
नेपाल चलचित्र सङ्घका महासचिव अशोक शर्माले भने, “निर्माताहरूसँग छलफल भइरहेका कारण दसैँको फूलपातीदेखि नयाँ चलचित्र प्रदर्शनीमा आउने लक्ष्य राखेका छौँ । ”
नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दहालले अहिले उपत्यकाको सिनेमा घर मात्र खोल्ने निर्णय गरेको हुनाले मौफसलका सिनेमा घर पनि खुला गर्ने प्रयास भइरहेको जानकारी दिए ।
उपत्यकाबाहेक प्रमुख फिल्म बजार रहेका जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग हल खुलाउनेबारे छलफल गरिएको छ । बोर्ड अध्यक्ष दयाराम दाहालले १० भन्दा बढी जिल्लाका सीडीओसँग संवाद गरेको बताए ।
दर्शकलाई घरभन्दा सिनेमा घरमा सुरक्षित छ भन्ने विश्वास दिलाउन सकिएमा मात्र दर्शकलाई आकर्षित गर्न सकिने बताउँदै उनले थपे, “स्वास्थ्यभन्दा ठूलो चलचित्र पक्कै पनि हुँदैन । त्यसैले पनि तयारी गर्नुपर्नेछ । ”
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
सम्बन्धित खबर
‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
कास्कीको अन्नपूर्णमा सामुदायिक बनमा आगो लगाउने एक व्यक्ति पक्राउ
पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग