केही मानिसहरु बेडमा पल्टिएको घण्टौंसम्म पनि निदाउन सक्दैनन् तर कति भने भुसुक्कै निदाइहाल्छन् । छिटै निदाउनु स्वास्थ्यका लागि निकै राम्रो हुन्छ तर स्वास्थ्य विज्ञका अनुसार छिटो निदाउनु पनि स्वास्थ्यका लागि केही अवस्थामा हानिकारक हुने गर्छ । यसले केही कुरामा संकेत गरिरहेको स्वास्थ्य अधिकारी बताउँछन् ।
निदाउन यति समय लाग्नुपर्छः
यदि तपाईं छिट्टै निदाउनुहुन्छ भने यो राम्रो–नराम्रो दुबै हो । राम्रो कुरा यो हो कि तपाईं ती मानिसमध्ये एक हुनुहुन्छ जो सजिलै निदाउन सक्छन् । नराम्रो कुरा के हो भने तपाईंको शरीरलाई बढी निद्रा आवश्यक परेका कारण तपाईं भुसुक्क निदाउनुभएको पनि हुनसक्छ । स्वास्थ्य अधिकारीका अनुसार धेरैजसो मानिसलाई निदाउनका लागि लगभग ५ देखि २० मिनेटको आवश्यकता पर्छ । यद्यपि, यो मानिसको शरीरको हिसाबले अलग पनि हुनसक्छ ।
के भन्छन् विज्ञ ?
अमेरिकाको बिहेवियरल स्पिल मेडिसिन साइकोलोजिस्ट मिशेल ड्रेरुपका अनुसार यदि तपाईं तीन मिनेट भित्रै निदाउनु हुन्छ र सुतेर उठेपछि ताजा महसुस गर्नुहुन्छ भने तपाईंले यसमा चिन्ता गर्नुपर्ने कुरा छैन । यद्यपि, कतिपय अवस्थामा भने तपाईंलाई निद्रा नपुगिरहेका कारण तपाईं बेडमा पल्टिने बित्तिकै निद्रा लागेको हुनसक्ने पनि यसले संकेत गर्छ । यस्तो त्यतिबेला हुन्छ जब तपाईं गलत समयमा सुत्नुभएको छ वा तपाईं चाँडै उठ्नुहुन्छ तर समयमा गहिरो निद्रामा पर्न पाउनुहुन्नँ ।
हुनसक्छन् यस्ता समस्याः
निकै छिट्टै निद्रा लाग्नु स्लीप डिसअर्डरसँग पनि जोडिएको हुनसक्छ । यदि तपाईं राती ६ घण्टा पनि कम सुत्नुहुन्छ भने तपाईंको शरीरले पर्याप्त निद्रा पाइरहेको छैन भनेर बुझ्नुहोस् । यसैकारण पनि तपाईंलाई जतिबेला पनि निद्रा लागिरहेको जस्तो महसुस हुन्छ । खानपिनजस्तै तपाईंको शरीरलाई पनि निद्रा त्यति नै आवश्यकता पर्छ । विशेषज्ञका अनुसार जसको निद्रा पूरा हुन पाउँदैन उनीहरुमा मधुमेह, मुटुरोग, मोटोपना, उच्च रक्तचाप र डिप्रेशनको खतरा बढ्ने गर्छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ