जुवातास खेल्ने ७ जना कुश्माबाट समातिए

जुवातास खेल्ने ७ जना कुश्माबाट समातिए

कुश्मा नगरपालिका–४ ओमशान्ती टोल बस्ने पबित्रा पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । मोदी गाउँपालिका–५ बाझुङ बस्ने ४२ वर्षीय हरि बहादुर खत्री सहित ७ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले जुवातास खेलिरहेको अवस्थामा उनीहरुको साथबाट नगद ४६ हजार १ सय ३० रुपैयाँ समेत बरामद गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ