रामायणका ‘रावण’ त्रिवेदीको निधन

रामायणका ‘रावण’ त्रिवेदीको निधन

raban

काठमाडौँ । हिन्दी धार्मिक सिरियल रामायणमा रावणको भूमिका निभाएका भारतीय कलाकार अरविंद त्रिवेदीको निधन भएको छ। भारतको पूर्व सांसदसमेत रहेका त्रिवेदीको ८३ वर्षको उमेरमा गएराति निधन भएको हो।

लामो समयदेखि बिरामी रहेका त्रिवेदीको गएराती मुम्बइमा हृदयघातबाट निधन भएको हो । मध्य प्रदेशको उज्जैनमा जन्मिएका त्रिवेदीले भारतीय फिल्म तथा रङ्गमञ्चमा ४० वर्ष भन्दा लामो समय सेवा गरे ।

हिन्दी फिल्म तथा अन्य सिरियलहरुमा पनि जोडदार अभिनय गरेका त्रिवेदीको रावणको भूमिका भने अतुलनीय रहेको छ । उनको आज मुम्बइको दाहनुकरबारी घाटमा अन्तिम संस्कार गरिंदै छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ