अफगानिस्तानको मस्जिदमा आत्मघाती विस्फोट, ५० जनाको मृत्यु

अफगानिस्तानको मस्जिदमा आत्मघाती विस्फोट, ५० जनाको मृत्यु

bomb-blast

काठमाडौँ । अफगानिस्तानको एक मस्जिदमा आत्मघाती बम विष्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । घटनामा एक सय बढी घाइते भएका छन् ।

अफगानिस्तानको उत्तरी सहर कुन्दुजमा रहेको एक मस्जिदमा शुक्रबारको प्रार्थना चलिरहेका बेला एक ब्यक्तिले आत्मघाती बिस्फोट गराएको बताइएको छ ।

मारिनेहरु शिया समुदायका ब्यक्तिहरु रहेका छन् । अफगानिस्तानमा सक्रिया आइएस–के ले घटनाको जिम्मेवारी लिएको छ ।

घाइतेहरुको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । अफगानिस्तानमा तालिवानको कब्जा विरुद्ध सक्रिय आइएस र सुन्नी कट्टरपन्थीहरुको योजनामा विष्फोट गराइएको अनुमान गरिएको छ ।

सो समूहले हालै अफगानिस्तानका पूर्वी भागका धेरै ठाउँमा बम विष्फोट गराईसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ