पोखरा। पश्चिमान्चल होटल संघ पोखराको अध्यक्षमा लक्ष्मण सुवेदी निर्विरोध निर्वाचित भएका छन् । उनी होटल साकुराका संचालक हुन् । यस अघि उनी संघको प्रथम उपाध्यक्ष थिए ।
संघको शुक्रबार पोखरामा सम्पन्न २० औं अधिवेशन तथा ४० औं साधारण सभाले आगामी दुई बर्षे कार्यकालको लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको निर्वाचन संयोजक मेहरमान श्रेष्ठले घोषणा गरे । संघको निवर्तमान अध्यक्षमा विकल तुलाचन रहेका छन् । त्यस्तै प्रथम उपाध्यक्षमा दीपक श्रेष्ठ र द्वितीय उपाध्यक्षमा गणेशराज पहारी निर्वाचित भए ।
राजेन्द्र ढकाल महासचिव छानिंदा पार्वता पाण्डे सचिवमा निर्वाचित भइन् । कोषाध्यक्षमा नेत्रप्रसाद पौडेल चयन भए भने सह कोषाध्यक्षमा बैभव पौडेल निर्वाचित भए । भरतराज शर्मा, अनिल श्रेष्ठ, पम्फा पहारी र कल्पना बराल अधिकारी सदश्यमा निर्वाचित भए । संघको १७ सदश्यीय कार्यसमितिमा चार सदश्य मनोनित हुने बैधानिक व्यवस्था छ । स्टार र नन स्टार होटल तर्फबाट निर्वाचित छ–छ जना मध्येबाट नयाँ कार्यसमिती निर्वाचित गर्ने संघको प्रावधान छ । यो पटक स्टार तर्फबाट पाँच जनाको मात्र उम्मेद्वारी परेकोमा थप एक जना मनोनित हुनेछन् ।
यस अघि आयोजित बन्द शत्रमा संघका प्रथम उपाध्यक्ष लक्ष्मण सुवेदीले स्वागत मन्तब्य व्यक्त गर्दै कोभिड १९ को कठीन अवस्थामा समेत संस्थाले पूर्वपश्चिम जाउँ है पोखरा प्रबद्र्धधन कार्यक्रम सम्पन्न गरेको स्मरण गराए ।
उक्त शत्रमा संघका महासचिव गणेशराज पहारी र कोषाध्यक्ष पार्वता पाण्डेले प्रस्तुत गरेका प्रतिवेदनहरु पारित गरिएका थिए । संघका अध्यक्ष विकल तुलाचन र निवर्तमान अध्यक्ष भरतराज पराजुलीले बन्द शत्रमा उठेका जिज्ञासाको उत्तर दिए । सो अवसरमा तुलाचनले आफ्नो कार्यकाल सफल पर्न सहयोग गर्ने सम्पूर्ण पधाधिकारी, साधारण सदश्य, कर्मचारी र विभिन्न संघसंस्थाप्रति आभार प्रकट गरे ।
त्यसपछि आयोजित समापन शत्रको प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का रहेका थिए । सो अवसरमा कोभिड पछिको पर्यटनः सम्भावना र चुनौती विषयमा चर्चा गरिएको थियो । कार्यक्रममा पोखराको नयाँ विमानस्थल निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै संघका सल्लाहकार विश्वशंकर पालिखेलाई सम्मान गरिएको थियो । उनी २०४७ देखि २०५२ सम्म संघको अध्यक्ष थिए । नेपाल पर्यटन वोर्डका पूर्व सदस्य समेत रहेका पालिखे संचार उद्यमी पनि हुन् ।
कार्यक्रममा होटल संघ नेपालका उपाध्यक्ष प्रवीणबहादुर पाण्डे, प्रदेश सभा सदश्य राजिव पहारी, संघका सल्लाहकार एबं पूर्व अध्यक्ष विश्वशंकर पालिखे, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपि बहादुर भट्टराई, वडा अध्यक्ष जगत बहादुर पहारी लगायतले भनाई राखे । संघका महासचिव गणेशराज पहारीले कार्यक्रम संचालन गरेका थिए ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?