स्याङ्गजामा विवाहको भोजमा गएका पुरुष मृत अवस्थामा फेला

स्याङ्गजामा विवाहको भोजमा गएका पुरुष मृत अवस्थामा फेला

dead

स्याङ्गजामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको पुतलीबजार नगरपालिका वडा नं -३ कमरेमाटा बस्ने ५६ वर्षीय टिकाराम नेपाली मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले जानकारी दिए।

विकका अनुसार गत शुक्रबार सोही स्थानको केयोडाडा गाँउमा विबाहको भोजमा गएकोमा घर फर्केर नआएपछि उनको खोजिकार्य शुरु भएको थियो। खोजिकार्यकै क्रममा नेपालीको शव आइतबार बिहान अन्दाजी ८ बजेको समयमा सोही वडाको काफलडाँडा गोरेटो बाटोदेखि अन्दाजी १०० मिटर तल फेला परेको थियो।

घटनाको जानाकरी लगत्तै पुगेको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसधान शुरु गरेको जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ