मन्त्री डोबाटेले लिए शपथ

मन्त्री डोबाटेले लिए शपथ

sapath dowate gandaki

गण्डकी प्रदेशका बिनाविभागीय मन्त्री डोबाटे विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । तनहुँका उनले सोमबार प्रदेशप्रमुख पृथ्वीमान गुरुङसमक्ष शपथ ग्रहण गरेका हुन् ।

शपथपछि उनले पहिला आफू मन्त्री नबनेको विषय सामान्य भएको बताए । पत्रकारसँग कुरा गर्दै मन्त्री विकले भने, ‘खुसीको अनुभूति गरेको छु । अघिल्लोपटक मन्त्री किन भइएन भन्ने पार्टीभित्रको आन्तरिक कुरा हो, गौण कुरा हो ।’

उनी मन्त्री भएसँगै गण्डकीमा मन्त्री संख्या १२ पुगेको छ । डोबाटे गत ८ साउनमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्री बन्ने पक्का थियो । अन्तिममा उनको ठाउँमा कास्कीका विन्दुकुमार थापा मन्त्री बनेका थिए ।

मन्त्रालयविहीन मन्त्री डोबाटेले संविधानले दिएको जिम्मेवारीअनुसार अघि बढ्ने जनाए । ‘संविधानले दिएको जिम्मेवारीअनुसार आफ्नो कर्तव्य पुरा गर्छु । कुन मन्त्रालय भन्ने कुरा भएको छैन । मन्त्रालय सरकारको निष्कर्षबाट टुंगिने कुरा हो,’ उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ