चलचित्र ‘डाँडाको वरपीपल’ आजबाट प्रदर्शन

चलचित्र ‘डाँडाको वरपीपल’ आजबाट प्रदर्शन

barpipal

कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द रहेका सिनेमा हल खुल्ने भएका छन्। नेपाली चलचित्र ‘डाँडाको वरपीपल’ मंगलवारदेखि सिनेमा हलमा रिलिज हुँदैछ ।

शोभित बस्नेतको निर्देशन रहेको चलचित्रमा भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेतलगायत कलाकारको अभिनय रहेको छ ।

कोरोना संक्रमणको त्रासका कारण सिनेमा हल बन्द भएपछि रिलिज भएको यो पहिलो नेपाली चलचित्र हो । अन्य पाँच दर्जन चलचित्र निर्माण सम्पन्न भएर रिलिजका लागि तयारी अवस्थामा रहे पनि प्रदर्शन गरिएका छैनन् । दर्शक चलचित्र हेर्न हलसम्म जान्छन् कि जाँदैनन् भन्ने निश्चित नभएका कारण चलचित्रहरु रिलिज गरिएका छैनन् ।

चलचित्र ‘डाँडाको वरपीपल’ बूढासुब्बा मुभिजले डिजिटल प्लेटफर्मका लागि निर्माण गरेको चलचित्र हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ