तुलसी बाटिकाको शुभकामना आदानप्रदान

तुलसी बाटिकाको शुभकामना आदानप्रदान

dashain program pumdikot

पोखरा । तुलसी बाटिका नेपाल पोखरा २२ ले बडादसैँ तथा दिपावलीको अवसरमा शुभकामना आदानप्रदानसँगै स्वास्थ्य परीक्षण गरेको छ । पुम्दीकोटमा निर्माणाधीन विशाल महादेव मूर्ति परिसरमा सो संस्थाले मंगलबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । त्यहाँ सहभागीको निशुल्क सुगर–प्रेसर परीक्षण पनि गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा २२ का अग्रज मित्रलाल बरालले तुलसीको महत्वलाई सबैमाझ पु-याउन संस्थाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । संस्थाको उद्देश्य जनमैत्री भएकाले अन्य वडामा पनि पु-याउन उनको सुझाव थियो ।

तलसी बाटिका नेपाल तुलसीको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यसहित गत वर्ष पोखरा २२ पुम्दीभुम्दीमा स्थापना भएको हो । पोखरा २२ मा यो संस्थाले १२ स्थानमा स्वास्थ्य जाँच तथा परामर्श केन्द्र चलाइरहेको छ । यसले वार्षिक करिब तीन हजार बेर्ना उत्पादन गरे वितरण गर्दै आएको छ ।

अध्यक्ष शर्मिला दाहाल पौडेलले संस्थाको मूल मन्त्र ‘सभ्यता, संस्कार अनि समृद्धि’ लाई नै आत्मासाथ गरेर अघि बढ्ने संकल्प गरिन् । वडाका ज्येष्ठ नागरिक र वडाबासीको सुझावअनुसार नै संस्थालाई अगाडि बढाउने अध्यक्ष पौडेलले बताइन् ।

कार्यक्रममा वडाध्यक्ष मित्रलाल बराल, विशाल महादेव मूर्तिका परिकल्पनाकार चन्द्रकान्त बराल, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, संरक्षणविद् अणनाथ बराल, विभिन्न पार्टीका प्रतिनिधि, स्थानीय विद्यालयका प्रअ र स्थानीयको सहभागिता थियो ।

कार्यक्रममा संस्थाका संस्थापक सन्तोष पौडेलले तुलसी बाटिकाले हालसम्म गरेको कार्यप्रगति प्रस्तुत गरेका थिए । संस्थाकी कोषाध्यक्ष शर्मीला बराल सापकोटाले स्वागत मन्त्वय राखेको कार्यक्रमको संचालन सचिव आनन्द बरालले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ