पोखरा । तुलसी बाटिका नेपाल पोखरा २२ ले बडादसैँ तथा दिपावलीको अवसरमा शुभकामना आदानप्रदानसँगै स्वास्थ्य परीक्षण गरेको छ । पुम्दीकोटमा निर्माणाधीन विशाल महादेव मूर्ति परिसरमा सो संस्थाले मंगलबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । त्यहाँ सहभागीको निशुल्क सुगर–प्रेसर परीक्षण पनि गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा २२ का अग्रज मित्रलाल बरालले तुलसीको महत्वलाई सबैमाझ पु-याउन संस्थाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । संस्थाको उद्देश्य जनमैत्री भएकाले अन्य वडामा पनि पु-याउन उनको सुझाव थियो ।
तलसी बाटिका नेपाल तुलसीको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यसहित गत वर्ष पोखरा २२ पुम्दीभुम्दीमा स्थापना भएको हो । पोखरा २२ मा यो संस्थाले १२ स्थानमा स्वास्थ्य जाँच तथा परामर्श केन्द्र चलाइरहेको छ । यसले वार्षिक करिब तीन हजार बेर्ना उत्पादन गरे वितरण गर्दै आएको छ ।
अध्यक्ष शर्मिला दाहाल पौडेलले संस्थाको मूल मन्त्र ‘सभ्यता, संस्कार अनि समृद्धि’ लाई नै आत्मासाथ गरेर अघि बढ्ने संकल्प गरिन् । वडाका ज्येष्ठ नागरिक र वडाबासीको सुझावअनुसार नै संस्थालाई अगाडि बढाउने अध्यक्ष पौडेलले बताइन् ।
कार्यक्रममा वडाध्यक्ष मित्रलाल बराल, विशाल महादेव मूर्तिका परिकल्पनाकार चन्द्रकान्त बराल, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, संरक्षणविद् अणनाथ बराल, विभिन्न पार्टीका प्रतिनिधि, स्थानीय विद्यालयका प्रअ र स्थानीयको सहभागिता थियो ।
कार्यक्रममा संस्थाका संस्थापक सन्तोष पौडेलले तुलसी बाटिकाले हालसम्म गरेको कार्यप्रगति प्रस्तुत गरेका थिए । संस्थाकी कोषाध्यक्ष शर्मीला बराल सापकोटाले स्वागत मन्त्वय राखेको कार्यक्रमको संचालन सचिव आनन्द बरालले गरेका थिए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी