स्पेनिस ला लिगा अन्तर्गत जारी सिजनको पहिलो एल क्लासिकोमा रियल म्याड्रिडले २-१ को जीत दर्ता गरेको छ। बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा जीत निकालेसँगै रियल अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ।
३२ औं मिनेटमा डेबि अलबाको गोलमार्फत रियल म्याड्रिडले अग्रता लिएको थियो। ९० मिनेटसम्म १-० को अग्रता बनाएको रियलले ७ मिनेट थपिएको अतिरिक्त समयको तेस्रो मिनेटमा दोस्रो गोल थप्यो। मार्को एसन्सियोले गरेको प्रहार गोलरक्षक टेर स्टेगनले रोक्दा पाएको रिबाउन्डलाई लुकास भाजक्वेजले गोलमा परिणत गरेका थए।
तर, बार्सिलोनाले अतिरिक्त समयको अन्तिम मिनेटमा सर्जियो अगुएरोको गोलमार्फत खेलमा सान्त्वना गोल फर्कायो।
बार्सिलोना जारी सिजन ९ खेलमा १५ अंक बनाएर आठौं स्थानमा पुगेको छ। जितसँगै रियलले ९ खेलबाट २० अंक जोड्दै शीर्ष स्थान कायम गरेको हो।
सन् २००४ यता बार्सिलोनाका पुर्व लिजेन्ड लियोनेल मेसी र रियलका सर्जियो रामोस बिनाको यो पहिलो एल क्लासिको हो।
सम्बन्धित खबर
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो
नेपाल पत्रकार महासंघ मनाङको अध्यक्षमा नविन लामिछाने सर्वसम्मत