पोखरा । स्वर्गीय उदय बहादुर बस्नेत स्मृति भलिबल खेलाडी सम्मानबाट पोखराका क्रियाशील खेलाडी यम राना सम्मानित हुने भएका छन् ।
कास्की जिल्ला भलिबल संघका संस्थापक अध्यक्ष स्व. उदय बहादुर बस्नेतको स्मृतिमा पोखराको बाटुलेचौरमा रहेको हिमालय क्लबले स्थापना गरेको उक्त पुरस्कार पहिलो पटक राष्ट्रिय भलिबल टिमका कप्तान रानालाई प्रदान गर्न लागिएको हो । रानालाई क्लबले यही कार्तिक १३ गते एक कार्यक्रमकाबीच सम्मान पत्र सहित नगद १० हजार रुपैयाँको पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष मोहन थापाले जानकारी दिए ।
स्रस्टा छनोट समितिका संयोजक योगेन्द्र बहादुर बस्नेत, सदस्य चन्द्र बहादुर खड्का, र भुवन बस्नेतको समितिले गरेको सिफारिस लाई क्लबले अनुमोदन गरेको हो ।
सम्मान का लागि क्लबले १ लाख ११ हजार १ सय ११को अक्षकोष स्थापना गरेको र सोही रकमबाट प्रत्येक वर्ष कास्की जिल्लाका क्रियासिल भलिबल खेलाडीलाई सम्मान गरिने सचिव प्रकाश थापाले बताए । क्लबका मानार्थ सदस्य समेत रहेका पूर्व खेलाडी उदय बहादुर बस्नेतको २०७७ असोज २५ गते निधन भएको थियो ।
यसैविच सोही दिन क्लब ले १२औँ अधिवेशन समेत गर्ने जनाएको छ। कालिका बहुउद्देश्यीय भवनमा हुने अधिवेशन को सम्पूर्ण तयारी पुरा भएको क्लबले जनाएको छ ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’