पोखरा । वर्तमान समयका चर्चित लेखक, आख्याककार तथा समालोचक महेश पौड्यालद्वारा लिखित कथा संग्रह अपरिचित अनुहारमाथी पोखरामा अन्तरक्रिया गरिएको छ । पोखरेली युवा साँस्कृतिक परिवारले बुकमार्टमा आयोजना गरेको विशेष कार्यक्रममा कथासंग्रहलाई लिएर विभिन्न दृष्टिकोण एवम् विचार प्रस्तुत गरियो ।
नेपाल सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठानका निवर्तमान कुलपति तथा कार्यक्रमका प्रमुख अतिथि प्रसिद्ध साहित्यकार सुरुभक्तले पौड्याललाई बर्तमान समयका सिर्जनशिल, बुहआयामिकता भएको लेखकको रुपमा अथ्र्याए । पौड्यालको क्रियाशिलता र उर्जा देखेर आफु आश्र्चय परेको भन्दै सुरुभक्तले उनकोे उर्जाको नमूनाको रुपमा अपरिचित अनुहार आएको बताए ।
‘उहाँले जुन जुन क्षेत्रमा हात हाल्नु भएको छ, ती क्षेत्रहरुमा महत्वपुर्ण उपलब्धि हाँसिलको गरेको म महशुस गर्दछु’ सरुभक्तले भने । पौड्यालको शिर्षकथा अपरिचत अनुहार सारै सुन्दर कथा लागेको छ । ‘उनको अभिव्यक्ती र कथा लेखनको शैलीमा नविनता भेटिन्छन्।’ सरुभक्तले अपरिचत अनुहारलाई परम्परा र नविनताको सेतु भएको टिप्पणी गरे । नेपाली साहित्यको इतिहास प्रयोगात्मक भएको भएपनि प्रयोगबादको भूतलागेकाले जथाभावी लेख्ने गरेकोमा उनले असहमती जाहेर गरे ।
अन्तरक्रियाका प्रमुख वक्ता तथा समालोचक राजकुमार बानियाँले पौड्यालको अपरिचित अनुहारमाथी निर्मम समिक्षात्मक टिप्पणी गरे । बानियाले नेपाली लेखकहरु कथाको नाममा घटनाको मुचुल्का उठाउने बर्तमान समयमा पौड्यालले त्यसबाट बचेर नेपाली कथामा नयाँ दृष्ट्रि भित्रएको बताए । उनले विगतका मानकमा पुर्नविचार गरेको जिकीर गरे । साहित्यलाई पत्रकारीताले लिड गरेको भन्दै विशिष्ट लेखकका रुपमा उभिएर पौड्यालले कथामा जेथा थपेको बताए । सम्बेदना र अनुभुतिको कथा लेख्न खप्पिस कथाकार पौड्यालको लेखनमा धेरै सरलता भएको टिप्पणी गरे ।
अर्का वक्ताको रुपमा मञ्चमा उभिएका समिक्षक अशोक थापाले मान्छेको सम्वेदना र पात्रले उठाएको भावनालाई आफ्नो भावनाको कक्टेलको रुपमा प्रयोग गर्न स्र्माट कथाकारका रुपमा पौड्याललाई चिनाए । ‘महेश पौड्यालको व्यतिmगत संवेगलाई सार्वजनिक संवेगमा परिवर्तन गर्ने जुन मेकानिजम जुन उहाँले कथामा प्रयोग गर्नभएको छ, त्यो साँच्चै एउटा हुुनु फिक्सन भित्रको लिटेटरी डिभाइसमा एकदम स्मार्ट कथाकारले गर्ने कुरा हो ’थापाले भने । भावना अथवा सेन्टिमेन्ट सबै भन्दा ठुलो कुरा भएका भन्दै थापाले अपरिचित अनुहारले सेन्टिमेन्टालिजमको समाराज्य खडा गरेको बताए ।
दुवै वक्ताको समिक्षा पश्चात उपस्थित पाठकको जिज्ञासालाई समेटेर कथाकार महेश पौड्यालले आफ्ना कुरा राखेका थिए । पौड्यालले घटनाहरुको मुचुल्का लेख्ने खतरा आफुमा पनि रहेको स्वीकार गदै लेखकले सदासर्वता म फरक हुँ भन्ने कुरा भनिरहुनु पर्ने र त्यो लेखनमा पनि परिलक्षित पार्ने बताए । पोखराका विभिन्न सर्जक, साहित्यप्रेमीलाई व्यस्तताको समयमा पनि उपस्थित भएकोमा कथाकारले धन्यवाद व्यक्त गरे ।
परिवारका कोषाध्यक्ष अर्जुन अधिकारीले स्वागत गरेका थिए। अध्यक्ष मोती भुजेलको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रम सञ्चालन सचिव डा.चैतन्य अधिकारीले गरेका थिए ।
‘साहित्य, कला र सङ्गीतको उत्थान’ हाम्रो प्रण’को गुञ्जनका साथ २०३४ सालमा स्थापना भएको पोखरेली युवा साँस्कृतिक परिवार गण्डकी प्रदेशको विकासमा ४४ वर्षदेखि अविछिन्न क्रियाशील र सक्रिय संस्थाका रूपमा राष्ट्रिय अन्तर्राष्ट्रि स्तरमा परिचित छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो