काठमाडौँ । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२६ मा विश्वका शीर्ष नेताहरुले सन् २०३० सम्ममा वन विनाश रोक्ने प्रतिबद्धता जनाउँदै छन् ।
स्कटल्याण्डको ग्लास्गोमा जारी सम्मेलनमा सहभागी देशका प्रमुखले आज सन् २०३० सम्ममा वन विनाश नियन्त्रण सम्बन्धी सहमतिमा आज हस्ताक्षर गर्ने भएका हुन् ।
अमेजन जंगल क्षेत्रको ठूलो हिस्सा फडानी भएको ब्राजिललगायतका देशहरुले उक्त सहमतिमा हस्ताक्षर गर्ने जनाइएको छ ।
सहमतिमा हस्ताक्षर गर्ने देशहरुले विश्वको ८५ प्रतिशत भन्दा बढी वनक्षेत्र ओगट्ने छन् । सहमतिलाई सम्मेलनको महत्वपूर्ण उपलब्धिको रुपमा हेरिएको छ ।
विश्वभर जंगल फडानीको क्रम तीब्र भइरहँदा अमेजनको जंगल फडानीले जलवायु परिवर्तनको गतिलाई तीब्र बनाएको ठहर गर्ने गरिएको छ । सहमतिमा फडानी भएका वन क्षेत्रको पुनस्थापनाका लागि थप वित्तिय सहयोग र लगानीको बाचा समेत गरिने भएको छ ।
त्यसैगरी २८ वटा देशले खाद्यान्न उत्पादन, चरी चरन र ब्यापारका लागि वनको फडानी नगर्ने सहमति पनि भएका छन् ।
यसअघि हिजो सम्मेलनमा सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले जलवायु परिवर्तनलाई गम्भीर रुपमा लिन विश्वका नेताहरुलाई आग्रह गरेका थिए ।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन