पोखरा रंगशालासहित ए डिभिजन लिग चार मैदानमा

पोखरा रंगशालासहित ए डिभिजन लिग चार मैदानमा

Pokhara Rangashala

तस्वीरः सुदर्शन रञ्जित

यही कात्तिक २९ देखि आयोजना हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदै छ ।

अघिल्ला संस्करण दुई मैदानमा आयोजना भएको लिग अब भने चार मैदानमा आयोजना हुँदै छन् । मनाङ मस्र्याङ्दी फुटबल क्लबले पोखराको रंगशालालाई घरेलु मैदान बनाउँदै छ भने च्यासल मैदान पनि लिगका लागि प्रयोग गर्ने योजना आयोजक एन्फाले बनाएको छ । ‘ए’ डिभिजन लिग कात्तिक २९ गते त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा उद्घाटन हुँदै छ ।

पहिलो खेल यसै सिजन बढुवा भएको सातादोबाटोले फ्रेन्ड्सँग प्रतिस्पर्धा गर्नेछ । उद्घाटन खेल ‘फ्लड लाइट’ खेलाउने तालिका बनाएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले दशरथ रंगशाला बाहेक एन्फा टेक्निकल सेन्टर, च्यासल मैदान र मनाङ मस्र्याङ्दीले प्रस्ताव गरेको पोखरा रंगशालामा खेलाउने सक्ने बताएको छ ।

दशरथ रंगशालमा उद्घाटन हुने खेल ५ बजे सुरु हुनेछ । २०७२ को भूकम्प पछि बनेको नयाँ रंगशालामा उद्घाटन खेल बाहेक अन्य खेल भने दिउँसो ३ बजे हुनेछन् । रंगशालामा यसअघि १३ औं दक्षिण एसियाली खेलकुद भइसकेका छन् भने केही अन्तर्राष्ट्रिय खेल पनि सम्पन्न भइसकेका छन् ।

सुरुवाती दुई चरणका तालिका मात्र सार्वजनिक भएको मध्येमा दशरथ रंगशालाका अलावा एन्फा तेक्निकल सेन्टरमा तोकिएको छ । एन्फा टेक्निकल सेन्टरमा आयोजना हुने पहिलो खेल कात्तिक ३० गते हिमालयन शेर्पा र संकटा क्लबबीच आयोजना हुनेछ । फागुन १४ गते सम्म सञ्चालन हुने लिगमा १४ टोलीले सहभागिता जनाउँदै छन् भने दुई टोली रेलिगेशनमा घटुवा हुनेछन् । लिगमा कुल १३ चरण र ९१ खेल हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ