पाकिस्तानी अधिकारवादी तथा नोबल शान्ति पुरस्कार विजेता मलाला युसूफजाइले विवाह गरेकी छिन्। मलालाले असर मलिकसँग इस्लामिक परम्पराअनुसार बेलायतको बर्मिङ्घममा विवाह गरेकी हुन्।
मलाला र असरले निकाह गरेका हुन्। निकाहमा बेहुली र बेहुलाले विवाह स्वीकार गर्ने इस्लामिक परम्परा रहेको छ। २४ वर्षकी महिला अधिकार अभियन्ता मलालाले निकाहलाई आफ्नो जीवनको अनमोल दिन भनेकी छन्।
बेलायतको बर्मिङ्गममा विवाह सम्पन्न भएको उनले मंगलबार सामाजिक सञ्जालमा जानकारी दिएकी छन्।
सन् २०१२ मा बालिका शिक्षाको पक्षमा गरेको वकालतकै कारण तालिबानले उनीमाथि आक्रमण गरेको थियो। १५ वर्षीया उनको त्यतिबेला बेलायतमा उपचार गरिएको थियो।
टाउकोमा गोली लागेर पनि बाँच्न सफल भएकी मलालाले बालिका शिक्षा र महिला अधिकारको पक्षमा निरन्तर वकालत गर्दै आएकी छन्। आक्रमणपश्चात उनी परिवारसहित बेलायतको वेस्ट मिडल्याण्डमा शरण लिएर बस्दै आएकी छन्।
उनले १७ वर्षको उमेरमा नोबेल शान्ति पुरस्कार पाएकी थिइन्। उनी सो पुरस्कार पाउने सबैभन्दा कम उमेरकी व्यक्ति हुन्।
सम्बन्धित खबर
अभिनेता अल्लु अर्जुन रिहा
बायरो बने फ्रान्सका नयाँ प्रधानमन्त्री
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
कङ्गोमा पत्ता नलागेको रोगबाट ७९ जनाको मृत्यु
आज विश्व एड्स दिवस
भारतमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो