अतिविपन्‍न परिवारलाई १० हजारका दरले नगद, १५ दिनभित्र निवेदन दिन अर्थ मन्त्रालयको आह्वान

अतिविपन्‍न परिवारलाई १० हजारका दरले नगद, १५ दिनभित्र निवेदन दिन अर्थ मन्त्रालयको आह्वान

artha mantryala

काठमाडौँ । सरकारले कोभिड–१९ महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद अनुदानका लागि निवेदन दिन आह्वान गरेको छ ।
अर्थ मन्त्रालयले बिहीबार १५ दिने सूचना जारी गरी निवेदन आह्वान गरेको हो ।

अति विपन्न परिवारले अबको १५ दिनभित्र आफू बसोबास गरिरहेको स्थायी वा अस्थायी वडा कार्यालयमा पुगेर निवेदन दिनुपर्ने मन्त्रालयले निकालेको सूचनामा उल्लेख छ ।

सरकारले अघिल्लो साता कोभिड–१९ महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण गर्ने सम्बन्धी कार्यविधि अघिल्लो साता सार्वजनिक गरेको थियो । सो कार्यविधि अनुसार योग्यता पुगेका परिवारले दिएका निवेदन मात्र योग्य हुने छन् ।

सरकारले यो पटक पाँच लाख परिवारलाई १० हजार रुपैयाँका दरले अनुदान बाँड्दैछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ