अमेरिकालाई उछिन्दै विश्वकै धनी देश बन्यो चीन

अमेरिकालाई उछिन्दै विश्वकै धनी देश बन्यो चीन

china-flag

काठमाडौँ । छिमेकी मुलुक चीनले महाशक्ति राष्ट्र अमेरिकालाई उछिन्दै विश्वकै धनी मुलुक बनेको छ ।

पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीव्र गतिले बढिरहेको छ । तर अमेरिकाको सम्पत्ति भने सोही गतिले बढेको देखिँदैन ।

संसारका विभिन्न मुलुकको आर्थिक विवरणहरुको अध्ययन गर्ने संस्था म्यानेजमेन्ट कन्सलटेन्ट म्याकिन्जे एन्ड कम्पनीको पछिल्लो एक अध्ययनअनुसार पछिल्लो २० वर्षमा संसारको कूल सम्पत्ति तीन गुणाले बढेको छ ।

विश्वको ६० प्रतिशत आय रहेका १० मुलुकको वासलात (ब्यालेन्स शीट) को जाँचपछि उक्त रिपोर्ट तयार पारिएको हो । २० वर्षको अवधिमा वृद्धि भएको विश्वको कुल सम्पत्तिमध्ये चीनले एक–तिहाई अर्थात् ३३ प्रतिशत हिस्सा ओगटेको छ । यसरी हेर्दा सो अवधिमा चीनको कुल सम्पत्तिमा १६ गुणा वृद्धि भएको छ ।

सन् २००० मा विश्व व्यापार संगठनको सदस्य बन्दा चीनको कुल सम्पत्ति ७ ट्रिलियन अर्थात् ७० खर्ब डलर थियो । सन् २०२० मा त्यहाँको कुल सम्पत्ति बढेर १२० ट्रिलियन डलर पुगेको छ । यसको अर्थ २० वर्षमा चीनको कुल सम्पत्तिमा ११३ ट्रिलियन थपिएको छ ।

पछिल्लो २० वर्षमा चीनको तुलनामा अमेरिकाको सम्पत्तिमा कमी आएको र दुई गुणाले बढेको छ । २०२० मा अमेरिकाको कुल सम्पत्ति ९० ट्रिलियन डलर रहेको छ । सम्पत्ति (प्रोपर्टी) को मूल्यमा ज्यादा वृद्धि नहुँदा अमेरिकाले पहिलो स्थान गुमाएको र चीनले उछिनेर विश्वकै धनी मुलुक बनेको रिपोर्टमा उल्लेख छ ।

चीन र अमेरिका विश्वका सबैभन्दा ठूला अर्थतन्त्र हुन् ।

यी दुवै मुलुकको दुई–तिहाईभन्दा बढी सम्पत्ति अति धनि १० प्रतिशत मानिससँग रहेको र उनीहरूको हिस्सा बढ्ने क्रम जारी रहेको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ