बुल्गेरियामा गुडिरहेको बसमा आगलागी, ४६ जनाको मृत्यु

बुल्गेरियामा गुडिरहेको बसमा आगलागी, ४६ जनाको मृत्यु

bulgeria_aaglagi

काठमाडौँ । बुल्गेरियामा गुडिरहेको बसमा आगो लागेर दुर्घटना हुँदा ४६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश उत्तरी म्यासेडोनियाका पर्यटक रहेको त्यहाँका अधिकारीले बताएका छन् ।

बुल्गेरियाको राजधानी सोफियाबाट ५४ किलोमिटर टाढा रहेको स्ट्रुमा हाइवेमा गुडिरहेका बेला राति २ बजे बसमा आगो लागेको र लगत्तै बस पल्टिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा बालबालिका समेत छन् ।

टर्कीको इस्तानबुलमा विदा मनाएर राजधानी स्कोप्जेतर्फ फर्किने क्रममा पर्यटक बोकेको बसमा आगलागी भएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ