कांग्रेस महाधिवेशन प्रतिनिधिमा गणेश लामा निर्वाचित

कांग्रेस महाधिवेशन प्रतिनिधिमा गणेश लामा निर्वाचित

ganesh-lama-pfl

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा गणेश लामा निर्वाचित भएका छन्। काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट उनी महाधिवेशन प्रतिनिधि बनेका हुन्।

लामाले फेसबुकमार्फत महाधिवेशन प्रतिनिधि जितेको बताएका छन्। उनले लेखेका छन् -“नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मलाई भारी मतका साथ जिम्मेवारी प्रदान गर्नुभएकोमा प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर्गतको सबै पालिका प्रमुख ज्युहरु,सम्पूर्ण वडा सभापति तथा क्षेत्रीय प्रतिनिधि ज्युहरुमा सदा -सदा सम्मान प्रकट गर्दछु साथै यो विश्वासलाई कदापि भुल्ने छैन।”

लामा कांग्रेस उपसभापति विजयकुमार गच्छदारनिकट मानिन्छन्। गच्छदार नेपाल लोकतान्त्रिक फोरमको अध्यक्ष हुँदा लामा उक्त पार्टीको केन्द्रीय सदस्य थिए। गच्छदारले २०७४ मा पार्टी कांग्रेससँग मिलाएका थिए।

कुनैबेला लामा गुन्डागर्दीमा सक्रिय थिए । उनलाई गुण्डा नाइके भनेर पनि चिनिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ