फ्रान्सबाट बेलायत जाँदै गरेको डुङ्गा डुब्दा २७ जनाको मृत्यु

फ्रान्सबाट बेलायत जाँदै गरेको डुङ्गा डुब्दा २७ जनाको मृत्यु

UK-France-Boat

पेरिस । फ्रान्सबाट बेलायत जाँदै गरेका आप्रवासी र शरणार्थी चढेको डुङ्गा क्यालेसको उत्तर तट नजिकैको इंग्लिस च्यानलमा डुब्दा २७ जनाको मृत्यु भएको छ ।

मृतकमध्ये पाँच महिला र एक बालक समेत रहेको बताइएको छ ।

उद्धार टोलीले दुई जनालाई जीवितै उद्धार गरेको छ भने घटनासँग जोडिएका चार जनालाई फ्रेन्च प्रहरीले पक्राउ गरेको छ । डुबेर मर्नेमध्ये एक जना बेलायती सेनासँग काम गरेका अफगान सैनिक भएको पहिचान भएको छ ।

बेलायत र फ्रान्सलाई छुट्याउने समुद्री च्यालनमा उक्त डुंगा डुबेकाले दुई देशले दुर्घटनाका लागि एक अर्कालाई दोष लगाएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठनले इङ्लिस च्यानलमा आप्रवासीहरूको अहिलेसम्मकै ठूलो दूर्घटना भनेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ