प्रधानमन्त्री नियुक्त भएको १२ घण्टामै राजीनामा

प्रधानमन्त्री नियुक्त भएको १२ घण्टामै राजीनामा

swiden-pm

काठमाडौँ । स्वीडेनमा इतिहासमै पहिलो पटक महिला प्रधानमन्त्री बनेकी माग्दालिना एन्डर्सनले १२ घण्टा नबित्दै राजीनामा दिएकी छन् ।

गठबन्धनमा रहेको ग्रीन पार्टीले बजेटमा साथ नदिएपछि सोसल डेमोक्रेट पार्टीकी नेता रहेकी एन्डर्सनले राजीनामा दिएकी हुन् ।

एन्डर्सन हिजो प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् । तर उनीको गठबन्धन सरकारको साझेदार दल ग्रीन्सले समर्थन फिर्ता लिएपछि राजीनामा दिनुपरेको हो ।

संसद्का ३४९ जना सांसद् मध्ये १७४ ले उनको विपक्षमा मत खसालेका थिए । उनलाई समर्थन गर्ने ११७ सांसदसहित थप ५७ जना तटस्थ रहेका थिए ।

राजीनामा दिएपछि एन्डर्सनले २०२२ सेप्टेम्बरमा हुने अगामी निर्वाचनमा आफ्नो पार्टी सोसल डेमोक्रयाटिकले बहुमत ल्याउने र पुनः प्रधानमन्त्री बन्ने दाबी गरेकी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ