पछिल्लो २४ घण्टामा गण्डकीका १० जनामा कोरोना संक्रमण, थप दुईको मृत्यु पुष्टि

पछिल्लो २४ घण्टामा गण्डकीका १० जनामा कोरोना संक्रमण, थप दुईको मृत्यु पुष्टि

covid-19-corona

पछिल्लो २४ घण्टामा गण्डकीका १० जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १९३ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि हुनेमा गण्डकीका चार जिल्लाका छन् । जसअन्तर्गत कास्कीका सात जना, तनहुँका एक जना, नवलपुर एक जना र स्याङ्गजा जिल्लाका एक जना छन्। संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८७ हजार ८५१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३३ जना कोरोनामुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८६ हजार २६१ पुगेको छ। अहिले प्रदेशभर १७५ सक्रिय संक्रमित छन् ।

बिहीबार गण्डकीमा थप दुई जनाको मृत्यु पुष्टि भएको छ। मृत्यु पुष्टि हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिका -२९ निवासी ८६ वर्षीया वृद्धा र पोखरा -३० निवासी ५१ वर्षीय पुरुष छन्।

आज थप भएकासँगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४१५ पुगेको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ