नारायणी किनारमा मानवसागर ! ओलीले भने- देश बनाउन एमालेलाई एकल बहुमत दिनुहोस्

नारायणी किनारमा मानवसागर ! ओलीले भने- देश बनाउन एमालेलाई एकल बहुमत दिनुहोस्

KP-Sharma-Oli-CPN(UML

प्रधानमन्त्रीज्यू, मेरो खुट्टा तान्नेहरु तपाईंका खुट्टा तान्दैछन्

अध्यक्ष केपी ओली पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सरकारप्रति तुलनात्मक रुपमा नरम देखिए । एमालेले उद्घाटन समारोहमा प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि बोलाएको थियो । देउवा कार्यक्रममा सहभागी मात्र भएनन्, एमाले अध्यक्ष ओलीले सम्बोधन गरिरहँदा पनि कार्यक्रम स्थलमा बसिरहे ।

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई अतिथि बनाएर राखेर सरकारबाट टिप्पणी गर्नु राम्रो नहुने बताए । ‘अहिलेको सरकारको सम्बन्धमा म केही भन्न चाहन्न,’ उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजीलाई हामीले आमन्त्रण गरेका छौं । प्रधानमन्त्रीजीलाई मञ्चमा अतिथि बनाएर राखेर टिप्पणी गर्नु बान्छनीय हुँदैन ।’

अघि भने, ‘प्रधानमन्त्रीजी शायद काम गर्न चाहनुहुन्थ्यो कि ? प्रधानमन्त्रीजीलाई काम गर्न पनि गाह्रो छ कि ? मलाई अप्ठ्यारो पार्ने, मेरो खुट्टा तान्नेहरु आज उहाँको खुट्टा समातिरहेका छन् । त्यसरकाण उहाँलाई पनि अप्ठ्यारा छन् कि ?’

लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता ल्याउनुपर्छ 

अध्यक्ष ओलीले नयाँ नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन संवादका माध्यमबाट फिर्ता लिनुपर्ने बताए । नेपालले सबै छिमेकी राष्ट्रहरूसँग सहकार्य गरेर, समदूरी कायम राखेर अघि बढ्ने चाहेको उनले बताए । नेपालले सबै छिमेकी राष्ट्रहरूसँग सहकार्य गरेर, समदूरी कायम राखेर अघि बढ्ने चाहेको बताए ।

‘लिम्पियाधुरा लिपुलेक र कालापानीको हाम्रो भूगोल हामी नेपालको नक्सामा समेटेका छौँ । त्यसलाई संविधानको अंग बनाएका छौँ । तर, त्यो जमिन हामीले फिर्ता लिनुपर्नेछ,’ उनले भने, ‘हामी छिमेकीसँग संवादको माध्यमबाट त्यो जमिन फिर्ता लिनेछौँ । फिर्ता नलिएसम्म हामीलाई दबिएको, हेपिएको भन्ने अनुभूति भइरहन्छ । त्यसैले हामी त्यो जमिन फिर्ता लिएर हामी वास्तविक मित्रता, वास्तविक छिमेकीको सम्बन्ध कायम गर्न चाहन्छौँ ।’

एमाले बनाउन हैन, देश बनाउन हामीलाई बहुमत दिनुहोस् 

अध्यक्ष ओलीले चुनावी अभियान शुरू भएको उद्घोष गरेका छन् । ओलीले भने, ‘हामी चुनावको तयारीतर्फ जाने छौं । एकल बहुमत ल्याउने छौं ।’ ‘देश बनाउन, लोकतन्त्र, संविधानको रक्षा, कार्यान्वयन र सही व्याख्या गर्नका लागि एमालेले बहुमत ल्याउनुपर्छ ।’

अध्यक्ष ओलीले छोटो समयभित्रै देशलाई साधनस्रोत सम्पन्न बनाउनका लागि पनि एमालेले अगामी निर्वाचनमा बहुमत ल्याउनुपर्नेमा जोड दिए उनले भने, ‘दीगो विकास लक्ष्य ९ वर्षभित्रै हासिल गरेर, छोटो समयभित्रै साधनस्रोत सम्पन्न बनाउनका लागि एमालेले बहुमत ल्याउनुपर्छ ।’

हिजो इतिहासमा रगत बगाएर देशलाई यहाँसम्म ल्याउन बलिदान गरेको पार्टीको महाधिवेशन भइरहेको उनको भनाइ छ । उनले भने–‘आजका समस्याहरू ठिक ढंगले पहिचान गर्ने र समस्याहरूलाई समाधान गर्ने ऐतिहासिक अभिभारा बोकेको पार्टी हो यो । सुखी नेपाली समृद्ध नेपाल बनाउने अभिभारा बोकेको, आर्थिक सामाजिक समस्या समाधान गर्नै अभिबारा बोकेको पार्टी हो । हामीले संघर्षका ७२ वर्ष पार गरेका छौँ ।’

पार्टीको १०औँ महाधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्ने क्रममा ओलीले एमालेलाई नभई देशको विकास गर्न बहुमत आवश्यक रहेको बताए । ओलीले जनादेशबाट प्राप्त अधिकारको रक्षाका लागि पनि एमाले चाहिने दाबी गरे । ओलीले नेपालको संविधानको अंग बनेको लुम्पियाधुरासहितको नेपाली भूमी भारतसँगको संवादबाट ल्याइछाड्ने उद्घोष पनि गरे ।

५० प्रतिशतभन्दा बढी स्थानीय तहमा एमालेले कब्जा गर्छ

ओलीले स्थानीय तहका ५० प्रतिशतभन्दा बढी स्थानमा एमालेले कब्जा जमाउने बताए । आगामी निर्वाचनमा पार्टीले आधा भन्दा बढी स्थानीय तहमा कब्जा जमाउने बताए । उनले भने, ‘अब ४० प्रतिशत होइन, ५० प्रतिशत स्थानीय तहमा एमालेले कब्जा गर्छ ।’

अध्यक्ष ओलीले बामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउनेहरुले कम्युनिष्टको झण्डा हसियाँ हथौडा नछोडेको देख्दा आफू अचम्ममा परेको बताए । ‘हसियाँ हथौडाको झण्डा बोकेर बामपन्थीको सरकार ढाल्ने अनि दक्षिणपन्थीको सरकार बनाउने,’ उनले भने, ‘सबैले छाडिसके त, किन छाड्दैनन् म अचम्ममा पर्छु ।’

अन्तरिक्ष पनि हाम्रो हो, अब हामी स्याटेलाइटबाट पनि काम गर्नेछौँ

नेकपा एमालेका अध्यक्ष ओलीले अब अन्तरिक्ष र स्याटेलाइटबाट पनि काम गर्ने दावी गरेका छन् । उनले आफू सरकारमा भएको बेला पहिलोपटक अन्तरिक्षमा नेपालले आफ्नो स्याटेलाइट पठाएको दावी गरे । उनले भूपरिवेष्ठित मुलुकको रुपमा रहेको नेपाललाई भूजडित नेपालको अवस्थामा पु¥याएको बताए ।

उनले भने– ‘हामीले नेपाल विकास गर्ने मात्र भनेका छैनौँ नेपालको अवधारणा नै परिवर्तन गरेका छौँ । हामीले भनेका छौँ समुन्द्र पनि हाम्रो हो । अन्तरिक्ष पनि हाम्रो हो । समुन्द्रमा हामी पुग्न सकेका छैनौं तर म साथीहरुलाई स्मरण गराउन चाहन्छु, हामीले धर्तीको अर्व छेडेर सानो भएपनि भूउपग्रह अन्तरिक्षमा पठाएका छौँ । त्यसमा सफलता पाएका छौं । अब ठूलो उपयुक्त साइजको भूउपग्रह अन्तरिक्षमा पठाउनेछौँ । अन्तरिक्ष पनि हाम्रो हो ।’

एमाले अध्यक्ष ओलीले अगाडि भने–‘जमिनमुनी पनि तार बिच्छ्याउने काम गरेका छौँ, फोर जि बिच्छ्याका छौँ । अब त्यतिमात्र हैन अन्तरिक्षबाट स्याटेलाइटबाट काम गर्नेछौँ । स्याटेलाइटका लागि हाम्रो मार्ग रहेनछ मेरो नेतृत्वको सरकारले स्याटेलाइटका लागि अरुले लिएको हाम्रो मार्ग हामीले आफ्नो बनाएका छौँ । अब हामीसँग अन्तरिक्षमा पनि हाम्रो स्थान छ । म साथीहरुलाई भन्न चाहान्छु अन्तरिक्षमा पनि नेपालले आफ्नो दावी र अस्तित्व कायम गरिसकेको छ ।’

यस्तै उनले समुन्द्रमा आफूले नेपालको हक छ भनेर आफूले पहिलो पटक आफूले भनेको उल्लेख गरे । जलमार्गको बारेमा भारतसँग आफूले छलफल गरिरहेको उल्लेख गरे ।

महाधिवेशनपछि माओवादी पूर्व लडाकू एमालेमा प्रवेश गर्दैछन् 

अध्यक्ष ओलीले माओवादी पूर्व लडाकूहरू नेकपा एमालेमा प्रवेश गर्न लागेको बताए ।  उनले महाधिवेशनलगत्तै पूर्व लडाकूहरू सामुहिक रुपमा प्रवेश गर्न लागेको बताए । उनले माओवादी पार्टीका लागि जीवन नै होम्ने तर लक्ष्य प्राप्तिपछि आफ्ना नातागोतालाई मेयर, मन्त्री बनाउने पार्टीमा अब उनीहरू बसिनराख्ने बताए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लडाकु र द्वन्द्वपीडितको समस्या समाधान किन नगरेको भन्दै अध्यक्ष ओलीले प्रश्न गरे । आफू मन्त्री हुँदा भुटानी शरणार्थीको समस्या समाधान गरेको स्मरण गर्दै अध्यक्ष ओली एमालेले टेकेको ठाउँमा परिवर्तन हुने दाबी गरे । एमाले तास फिट्ने र गफ चुट्ने पार्टी नभएको भन्दै उहाँले एमालेले काम गरेर देखाउने गरेको जिकिर गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ