लेखनाथ । स्वर्गीय नीलकण्ठ घिमिरेका कविताहरुको संग्रह शान्ति कामना शनिबार एक कार्यक्रमका बिच लोकार्पण गरिएको छ ।
घिमिरेको तेश्रो स्मृति दिवसको अवसर पारेर उनले सिर्जना गरेका कविताहरुको संग्रह शान्ति कामनाको महाकाव्यकार जनार्दन शरण त्रिपाठीले लोकार्पण गरेका हुन् । कविता संग्रह लोकार्पण गर्दै, त्रिपाठीले स्वर्गिय घिमिरेका रचनाहरुमा वेदान्तको प्रभाव रहेको बताए । उनले प्रकृति, परिवार, आध्यात्म र शान्ति सुःखायका बिषय कवितामा समेटिएको उल्लेख गर्दै, कृतिले घिमिरलाई अजर अमर बनाएको बताए । नेपाल श्री महाकाव्यका रचनाकार समेत रहेका त्रिपाठीले घिमिरे परिवारले बुबाको रचनालाई पुस्तकाकार दिएर पुण्य कार्य गरेको बताए ।
छन्द बचाउ एवं महाकाव्य लेखन अभियानका संयोजक महाकाव्यकार माधव वियोगीले स्वर्र्गीय घिमिरेको कविता संग्रहको चर्चा गर्दै, आदर्श जीवन, बहुजन हिताय, बहुजन सुखायको भावना घिरिरेमा रहेको उनको कविताले पुष्टि गरेको बताए । उनले पिताको स्मृतीमा श्राद्ध भन्दापनि चिरपर्यन्त स्मरण हुने कार्य गर्न छोराहरुलाई सुझाव दिए ।
कविता संग्रहमाथि समिक्षा गर्दै, साहित्यकार डा.जगन्नाथ रेग्मीले लेखक भागवत प्रेमी भक्तिरसमा डुवेर कविताहरुको सिर्जना गरेको बताए । साहित्यकार रेग्मीले स्वर्र्गीय घिमिरे सिद्धहस्त कवि नभएपनि देशभक्त, पितृभक्त, देवाधी भक्तभावमा डुबेर कविता लेखन गरेको बताए । ४३ वटा कविताको संग्रह गरिएको पुस्तकमा दुईसय ८४ पद्य श्लोक समेटिएको उल्लेख गर्दै, रेग्मीले बृद्धा अवस्थामा पनि घिमिरेको शब्दशिल्पी मिलेको उल्लेख गरे ।
माधव वियोगी बाङ्मय प्रतिष्ठानले आयोजना गरेको लोकार्पण कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, समाजसेवी शोभाखर घिमिरे, डा सोमनाथ सापकोटा, घिमिरेका छोराहरु मदन मुरारी घिमिरे, रेवतीरमण घिमिरे लगायतले स्वर्गीय घिमिरेको जीवनीको चर्चा गरेका थिए ।
कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य एवं कवियत्री छन्दिका त्रिपाठी, कवि शिवप्रसाद त्रिपाठी, कवि नारायण बराल घिमिरेकी नातिनी श्रेयाश्री घिमिरे लगायतले कविता वाचन गरेका थिए । प्रतिष्ठान अध्यक्ष रामनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत खगराज शर्मा आचार्य, संचालन सचिव छन्दमणि त्रिपाठीले गरेका थिए ।
सम्बन्धित खबर
२०औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
फेवातालमा जाल हान्दा एसएलआर फेला
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु
बिटी कपमा लामागाउँ दोस्रो पटक च्याम्पियन, रामघाट फेरि स्तब्ध
महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले अखाद्य सामाग्री बेचेपछि २० हजार जरिवाना
अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकताः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले अखाद्य सामाग्री बेचेपछि २० हजार जरिवाना
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुमा चीन कारण होइन: लियाङ