ईश्वर र शंकरसहित एमालेका पाँच पदाधिकारी निर्विरोध

ईश्वर र शंकरसहित एमालेका पाँच पदाधिकारी निर्विरोध

5 nirbiroodh

चितवन– नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध चयन भएका छन्।

निर्धारित समयसम्म अन्य कसैको पनि उम्मेदवारी नपरेपछि अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विारोध भएका हुन्।

अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा भने निर्वाचन हुने भएको छ। अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ।

त्यस्तै, उपाध्यक्षमा घनश्याम भूसाल र सचिवमा भीम आचार्य तथा टंक कार्कीको पनि उम्मेदवारी परेपछि यी पदहरूमा पनि चुनाव हुने भएकाे छ । ६ वटा उपाध्यक्ष पदका लागि ओलीले युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र सुवास नेम्वाङको नाम प्रस्ताव गरेका छन् ।

अर्कोतिर ७ सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याललाई उम्मेदवार बनाएका छन् ।

जहाँ पूर्वमाओवादी, त्यहीँ उम्मेदवारी

ओलीले पदाधिकारी चयनका लागि तयार पारेको सूचीमा जहाँ पूर्वमाओवादीलाई समेटिएको छ, त्यहीँ एमालेका असन्तुष्ट पक्षले उम्मेदवारी दिएको छ ।

जसले गर्दा एमालेका महाधिवेशन प्रतिनिधिले पूर्वमाओवादीलाई रोज्ने कि पार्टीभित्रकै असन्तुष्ट पुराना नेतालाई रोज्ने भन्ने जटिल निर्णय लिनुपर्ने अवस्था देखिएको छ ।

पूर्वमाओवादीलाई समेटेर ओलीले उपाध्यक्ष, र सचिवमा बनाएको सूचीमा एमालेकै असन्तुष्ट पक्षबाट उम्मेदवारी परेपछि महाधिवेशन प्रतिनिधिहरू पार्टीको केन्द्रीय उपाध्यक्ष र केन्द्रीय सचिव पदमा मतदान गर्ने समय धर्मसंकटमा पर्ने देखिएका छन् ।

एमालेका महाधिवेशन प्रतिनिधिसामु पुराना एमालेका नेतालाई मत दिने कि ओलीको बनाएको सूचीअनुसार पूर्वमाओवादी नेतालाई मत दिने भन्ने धर्मसंकट पर्ने देखिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ