चितवन– नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध चयन भएका छन्।
निर्धारित समयसम्म अन्य कसैको पनि उम्मेदवारी नपरेपछि अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विारोध भएका हुन्।
अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा भने निर्वाचन हुने भएको छ। अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ।
त्यस्तै, उपाध्यक्षमा घनश्याम भूसाल र सचिवमा भीम आचार्य तथा टंक कार्कीको पनि उम्मेदवारी परेपछि यी पदहरूमा पनि चुनाव हुने भएकाे छ । ६ वटा उपाध्यक्ष पदका लागि ओलीले युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र सुवास नेम्वाङको नाम प्रस्ताव गरेका छन् ।
अर्कोतिर ७ सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याललाई उम्मेदवार बनाएका छन् ।

जहाँ पूर्वमाओवादी, त्यहीँ उम्मेदवारी
ओलीले पदाधिकारी चयनका लागि तयार पारेको सूचीमा जहाँ पूर्वमाओवादीलाई समेटिएको छ, त्यहीँ एमालेका असन्तुष्ट पक्षले उम्मेदवारी दिएको छ ।
जसले गर्दा एमालेका महाधिवेशन प्रतिनिधिले पूर्वमाओवादीलाई रोज्ने कि पार्टीभित्रकै असन्तुष्ट पुराना नेतालाई रोज्ने भन्ने जटिल निर्णय लिनुपर्ने अवस्था देखिएको छ ।
पूर्वमाओवादीलाई समेटेर ओलीले उपाध्यक्ष, र सचिवमा बनाएको सूचीमा एमालेकै असन्तुष्ट पक्षबाट उम्मेदवारी परेपछि महाधिवेशन प्रतिनिधिहरू पार्टीको केन्द्रीय उपाध्यक्ष र केन्द्रीय सचिव पदमा मतदान गर्ने समय धर्मसंकटमा पर्ने देखिएका छन् ।
एमालेका महाधिवेशन प्रतिनिधिसामु पुराना एमालेका नेतालाई मत दिने कि ओलीको बनाएको सूचीअनुसार पूर्वमाओवादी नेतालाई मत दिने भन्ने धर्मसंकट पर्ने देखिएको हो ।
सम्बन्धित खबर
भदौ २३ र २४ को घटना जाँचबुझ आयोगको म्याद २५ दिन थप्ने सरकारको निर्णय
अब गुइँठा होइन, पाइपलाइनबाटै घर-घरमा ग्यास बाल्ने हो: ओली
दुर्गमलाई प्राथमिकता दिँदै माघ २८ देखि मतपत्र ढुवानी गरिँदै
रवि लामिछानेको कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक !
उम्मेदवारले भारतीय नम्बर प्लेटको सवारीसाधन प्रयोग गर्न नपाइने
प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
रवि लामिछानेको कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक !
विश्वकपमा नेपालका खेलहरू पोखरामा बिग स्क्रिनमा लाइभ हेर्न पाइने