नेकपा एमालेको उपाध्यक्षमा उम्मेदवारी दिएका निवर्तमान उपमहासचिव घनश्याम भुसालले पार्टीभित्र सिद्धान्त, मार्क्सवाद र विचार जिउँदो छ भन्ने कुराको हस्तक्षेप जरुरी छ भनेर आफूले उम्मेदवारी दिएको बताएका छन्।
सौरहामा सोमबार बिहान उम्मेदवारी दर्ता गराएपछि पत्रकार सम्मेलन गर्दै भूसालले भने, ‘पार्टीभित्र सिद्धान्त ज्युँदो छ, पार्टीभित्र मार्क्सवाद ज्युँदो छ, विचार ज्युँदो छ भन्ने कुराको सशक्त हस्तक्षेप जरुरी छ भनेर मैले उपाध्यक्षमा उम्मेदवारी दिएको छु ।’
नेकपा एमालेले बेलाबेलामा गल्ती गरेको र बेलैमा आफूलाई सुधारेको उनको भनाइ छ। ‘यसका कार्यकर्ता, समर्थक र शुभचिन्तकहरु जहिलेसुकै क्रान्तिको पक्षमा, परिवर्तनको पक्षमा, श्रमजीवी वर्गको पक्षमा उनीहरु खडा छन्। यिनीहरुले पार्टीलाई गल्ती गर्न दिँदैनन्,’ उनले भने, ‘कहीँ पार्टीले गल्ती गरिहाल्यो भने सुधार गर्ने लामो परम्परा छ। त्यो परम्परा नै मैले जित्ने कुराको ग्यारेन्टी हो।’
एमालेको नीति र सिद्धान्तहरु बनाउन गएको बीस वर्षदेखि आफूले निरन्तर प्रयत्न गर्दै आएको उनले बताए। नवौं महाधिवेशनदेखि औपचारिक रुपले आफ्नो विचार, सिद्धान्त र कार्यदिशा अनुसार पार्टी अगाडि बढेको उनले बताए।
अब इतिहासमा कुनै अध्यक्षले ‘लिस्ट’ पढ्नेछैन, ओली नै अन्तिम हो
भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा पढेको जस्तो सूची अब कुनै कम्युनिस्ट पार्टीका अध्यक्षले नपढ्ने टिप्पणी गरे ।
‘अध्यक्षले प्रस्ताव ल्याएपनि त्यसमा असहमतहरुले लड्ने छन् भनेर करेक्सन गरेका थियौं। यद्यपि त्यो बाटो नै गलत थियो। थोरै भएपनि करेक्सन गरेका थियौं’ भुसालले भने, ‘यस्तो गल्ती अब इतिहासमा कुनै अध्यक्षले कुनै लिष्ट पढ्ने छैन्। यो अन्तिम हो। ओली कमरेडले जुन पढ्नुभयो। त्यो अन्तिम हो।’
सम्बन्धित खबर
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
अञ्जानमै कैद भएको दृश्य, त्यही पहिरोले ल्याएको थियो भोटेकोशीमा बाढी
बाढी प्रभावित क्षेत्रमा फोटो र भिडियो खिच्न नजानू : प्रहरी
मृत्य हुने पुष्टिको संख्या ६२६ पुग्यो, दुई हजार बढी बेपत्ता
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो