अमेरिकाको एक विद्यालयमा गोली प्रहारः ३ विद्यार्थीको मृत्यु, ८ घाइते

अमेरिकाको एक विद्यालयमा गोली प्रहारः ३ विद्यार्थीको मृत्यु, ८ घाइते

goli

काठमाडौँ । अमेरिकाको मिसिगन राज्यको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा ३ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा १६ वर्षीय छात्र र १४ र १७ वर्षीया छात्रा रहेको अधिकारीहरूले जनाएका छन् । एक शिक्षकसहित ८ जना घाइते भएको स्थानीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

डिट्रोइटबाट ६५ किलोमिटरको दूरीमा रहेको अक्सफोर्ड बजारस्थित हाइस्कूलमा आक्रमण भएको हो।

प्रहरीका अनुसार १५ वर्षीय (छात्र) संदिग्ध एक्लैले सेमी अटोमेटिक ह्यान्डगनले १५ देखि २० गोली हानेका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ