जापान र अष्ट्रेलियाले लगाए विदेशी विद्यार्थीमाथि प्रतिबन्ध

जापान र अष्ट्रेलियाले लगाए विदेशी विद्यार्थीमाथि प्रतिबन्ध

Australia-Japan

काठमाडौँ । कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण जोखिम बढेको भन्दै जापान र अष्ट्रेलियाले विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाएका छन् ।

सो निर्णयबाट विभिन्न देशका विद्यार्थी प्रभावित हुने भएका छन् ।

अस्ट्रेलियाले आज १ डिसेम्बरदेखि लागू हुने गरी विदेशी विद्यार्थीमा प्रतिबन्ध लगाएको हो । यो प्रतिबन्ध दुई सातासम्म लागू हुनेछ ।

जापान सरकारले सोमबारदेखि लागू हुने गरी सबै अन्तराष्ट्रिय विद्यार्थीमाथि प्रतिबन्ध लगाइएको जनाएको छ । कोभिडको नयाँ भेरियन्ट देखिएपछि यी दुबै देशले अफ्रिकी मुलुकसँगको हवाई यात्रामा रोक लगाएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds