कोरोना संक्रमणका कारण परीक्षा छुटेका कक्षा १२ का विद्यार्थीको परीक्षा आज

कोरोना संक्रमणका कारण परीक्षा छुटेका कक्षा १२ का विद्यार्थीको परीक्षा आज

exam

सांकेतिक तस्बीर ।

काठमाडौँ । कोरोना संक्रमणका कारण परीक्षा दिन नपाएका कक्षा १२का विद्यर्थीको परीक्षा आज (बिहीबार) हुँदैछ।

गत भदौ ३० गतेदेखि ८ गतेसम्म भएको परीक्षामा संक्रमण भएर सहभागी हुन नसकेका परीक्षार्थीको लागि बोर्डले आज अर्को परीक्षा सञ्चालन गर्ने भएको हो।

देशभर यस्ता परीक्षार्थी ४१ जना रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार परीक्षार्थी रहेका जिल्लाबाटै उनीहरुलाई परीक्षामा सहभागी हुने अवसर दिइनेछ। उनीहरुको परीक्षाको नतिजा भने अन्य परीक्षार्थीको भन्दा केही ढिला गरी प्रकाशित हुनेछ। तर उनीहरुलाई पनि अन्य सरह यसै वर्ष स्नातक अध्ययनको अवसर दिइनेछ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा आउँदो २० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ