नाइजेरियामा डुङ्गा पल्टिँदा बालबालिकासहित २९ जनाको मृत्यु

नाइजेरियामा डुङ्गा पल्टिँदा बालबालिकासहित २९ जनाको मृत्यु

boat

काठमाडौँ । नाइजेरियाको उत्तरी राज्य कानोमा डुङ्गा पल्टिँदा २९ जनाको मृत्यु भएको छ । सात जनाको भने जवितै उद्धार गरिएको छ ।

कानो राज्य बाट नदी पारिको अर्को सहर बाग्वईमा एउटा धार्मिक कार्यक्रममा सहभागी हुन गरिरहेको अवस्थामा डुङ्गा पल्टिएको संचारमाध्यमहरुले जनाएका छन् ।

मृत्यु हुनेहरुमा धेरैजसो ६ देखि १२ वर्षका स्कुले बालबालिका रहेका छन् ।

डुङ्गामा क्षमताभन्दा धेरै यात्रु रहेको र खराब मौसमका कारण दुर्घटना भएको जनाइएको छ ।

डुङ्गामा ५० जनाभन्दा बढी यात्रु थिए । बेपत्ताको खोजी कार्य भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds