वायु प्रदूषणका कारण दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

वायु प्रदूषणका कारण दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

school-maa-paddai

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।

दिल्ली सरकारले भोलि (शुक्रबार)देखि अर्को सूचना जारी नभएसम्मका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

बिहीबार दिल्लीका वातावरण मन्त्री गोपाल रायले शहरको वायु प्रदूषण खराब बन्दै गएपछि सबै विद्यालय बन्द गरिने बताएका हुन् ।

भारतको सर्वोच्च अदालतले बिग्रँदो वायु प्रदूषणबीच बालबालिकाका लागि भौतिक कक्षा सञ्चालन गर्ने केजरीवाल नेतृत्व सरकारको आलोचना गरेपछि शुक्रबारदेखि सबै विद्यायल बन्द गरिन लागिएको हो ।

यस्तो प्रदूषण बढेको बेला किन विद्यालय खोलेको भन्दै दिल्ली सरकारमाथि प्रश्न उठाएको थियो । अदालतले केन्द्र सरकारलाई २४ घण्टाभित्र वायु प्रदूषण नियन्त्रणसम्बन्धी योजना ल्याएर कार्यान्वयन गर्न समेत भनेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ