काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशनमा धेरै मानिस जम्मा गरेर शक्ति प्रदर्शन नगर्ने बताएका छन् ।
आज साेमवार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस बिटमा समाचार लेख्ने सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले महाधिवेशनको उद्घाटनमा नागरिकलाई दुःख दिने गरी भिडभाड नगर्ने बताएका हुन् । कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाण्डाैमा हुँदैछ ।
प्रधानमन्त्री देउवाले आफूले पार्टीको विधानअनुसार एक पटक फेरि सभापतिमा उम्मेदवारी दिने बताउँदै सहयोगका लागि सञ्चारकर्मीलाई आग्रहसमेत गरे । उनले आफू प्रधानमन्त्री पनि रहेको र एक पटक फेरि सभापति जितेमा अझै राम्रो गर्ने उल्लेख गरे।
आफू अहिले गठबन्धनका तर्फबाट प्रधानमन्त्री रहेको अवस्थामा फेरि सभापति हुँदा पार्टी र सरकारले राम्रो गर्ने उनको भनाइ थियो । साथै, उनले आफू सभापति बन्ने यो मौका अन्तिम पटक भएको र त्यसपछि विधानले नै सभापति बन्न रोक्ने अवगत गराए ।
प्रधानमन्त्री देउवाले फरक प्रसङ्गमा सत्ता गठबन्धन दलहरूबीच चुनावी गठबन्धन तत्काल राष्ट्रिय सभा सदस्य चुनावसम्मका लागि तय भएको र बाँकी चुनावमा के गर्ने भन्ने सम्बन्धमा छलफल हुन बाँकी रहेको बताए ।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु