हेलिकप्टर दुर्घटनामा भारतीय सेना प्रमुख रावतसहित १३ जनाको मृत्यु

हेलिकप्टर दुर्घटनामा भारतीय सेना प्रमुख रावतसहित १३ जनाको मृत्यु

bp-rawat

काठमाडौँ । भारतीय सेना प्रमुख विपिन रावतको हेलिकप्टर दुर्घटनामा निधन भएको छ ।

तमिलनाडुको कुन्नुरमा बुधबार दिउँसो भारतीय वायु सेनाको एमआई–१७बी५ हेलिकप्टर दुर्घटना हुँदा सेना प्रमुख रावत, उनकी श्रीमतीसहित अरु ११ जनाको पनि मृत्यु भएको भारतीय वायु सेनाले जनाएको छ ।

हेलिकप्टरमा भारतीय सेना प्रमुख चिफ अफ डिफेन्स रावत आफ्ना परिवारका सदस्य र उच्च अधिकारीसहित १४ जना सवार थिए । दुर्घटनामा १३ जनाको मृत्यु भएको र एक जना पुरुषमात्र जिवित रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

हेलिकप्टरमा रावतसहित उनकी पत्नी मधुलिका रावत, ब्रिगेडियर एलएस लिड्डर, लेफ्टिनेन्ट कर्नेल हार्जिन्दर सिंह, पीएसोहरू एनके गुर्सेवक सिंह, एनके जितेन्द्र कुमार, एल÷एनके विवेक कुमार, एल÷एनके बी साइ तेजा र हाव सत्पाल सवार थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds