पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको छैंठौं अधिवेशनले दिलप्रसाद गुरुङको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ।
समितिको उपाध्यक्षमा बिनाकुमारी थापा, सचिवमा सुशिल श्रेष्ठ, सहसचिवमा सम्राट गुरुङ र कोषाध्यक्षमा रमेश गुरुङ र सदस्यहरुमा गिता रानामगर, देविका तामाङ, मनप्रसाद गुरुङ, अल्चना श्रेष्ठ, प्राश्ना मानन्धर, रोजी बुढा मगर, योगन्द्र श्रेष्ठ र बसबहादुर शेर्पा निर्विरोध चयन भएका छन् ।
यसरी नै प्रदेश महाधिवेशन प्रतिनीधिहरुमा पुलप्रसाद गुरुङ, उदयबहादुर अमात्य, गिता रानामगर, रामकुमारी गुरुङ(रत्ना), कृष्ण श्रेष्ठ(रोजी), चेतबहादुर थापा, मोमप्रसाद गुरुङ(मिलन), सुरेन्द्र गुरुङ, बेलप्रसाद गुरुङ, शंकर विरही गुरुङ, दक्षमान गुरुङ, लोकेन्द्र मानन्धर, सुरज थापा, जुना थापा, इन्दिरा गुरुङ, शिला गुरुङ, रबिना आले चयन भएका छन् ।
यस्तै गरी संघीय महाधिवेशन प्रतिनिधीहरुमा दिपेन्द्र श्रेष्ठ, राजबहादुर गुरुङ, भुपाल गुरुङ, सुरज श्रेष्ठ, कविता श्रेष्ठ, हुमबहादुर गुरुङ, तिलबहादुर गुरुङ, शान्ति गुरुङ, सरस्वती गुरुङ, खेम सारु मगर र विकास रोका मगर चयन भएका छन् ।
निर्वाचित कार्यसमिति र प्रतिनीधिहरुलाई निर्वाचन समितिका संयोजक अधिवक्ता सुरेन्द्र थापा मगरले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो भने निर्वाचन समितिका सदस्य अधिवक्ता जुनाकुमारी गुरुङ, प्रदेश अध्यक्ष एमबी आस्था मगर, प्रदेश इञ्चार्ज तथा अध्यक्ष मण्डलका अध्यक्ष हुमबहादुर गुरुङले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष दिलप्रसाद गुरुङले फोनिज कास्कीलाई उत्कृष्ठ बनाउने र आफु अध्यक्षको जिम्मेवारीमा रहदा कुनै राजनीतिक पत्रकार संगठनमा आवद्ध नहुनेसमेत घोषणा गरे ।
यस अघि अधिवेशनको प्रमुख अतिथि फोनिज गण्डकी इञ्चार्ज हुमबहादुर गुरुङले उद्घाटन गर्नुहुदै फोनिज स्थापनाको उद्धेश्य प्राप्ति, आदिवासी जनजाति संघ संस्थाहरु एवम समुदायसँग समन्वय र राज्यबाट अधिकार प्राप्तिका लागि आदिवासी जनजाति पत्रकारहरु क्रियाशीलताका साथ लाग्नुपर्ने बताउनुभयो। तमु धिं नेपालका अध्यक्ष समेत रहनुभएका गुरुङले फोनिजका लागि तमु धिंमा निर्माण हुने भवनमा कार्यलय उपलब्ध गराउने समेत घोषणा गरे ।
कार्यक्रममा फोनिज गण्डकीका अध्यक्ष एमबी आस्था, फोनिजका सल्लाहकार तिलक पुन, तमु धिं नेपालकी महासचिव अधिवक्ता जुनाकुमारी गुरुङ, नेवा पत्रकार पुचः कास्की अध्यक्ष सञ्जय मल्लले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अधिवेशनको बन्दसत्र व्यवस्थित रुपले संचालन गर्नु इञ्चार्ज हुमबहादुर गुरुङको अध्यक्षतामा रुद्रबहादुर थापा र तिलक पुन रहेको अध्यक्ष मण्डल र कार्यसमिति निर्वाचनका लागि अधिवक्ता सुरेन्द्र थापा मगरको अध्यक्षतामा अधिवक्ता जुनाकुमारी गुरुङ र प्रदेश अध्यक्ष एमबी आस्था सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
बन्दसत्रमा कास्की सचिव भुपाल गुरुङले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष उमा आले मगरले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको थियो।
फोनिज कास्कीका कार्यवाहक अध्यक्ष दिलप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव बिनाकुमारी थापाले स्वागत र सचिव भुपाल गुरुङले कार्यक्रम संचालन गरेका थिए ।
सम्बन्धित खबर
बुढीगण्डकी बाढीमा ५ जना बेपत्ता, ९ विदेशीसहित ८२ जनाको उद्धार
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने