अमेरिकाको केन्टकीमा आँधीः ७० जनाको मृत्यु, आपतकाल घोषणा

अमेरिकाको केन्टकीमा आँधीः ७० जनाको मृत्यु, आपतकाल घोषणा

aadhi

काठमाडौँ । अमेरिकाको केन्टकी राज्यमा आएको आँधीका कारण कम्तिमा ७० जनाको मृत्यु भएको छ । आँधीमा दर्जनौं हराइरहेका छन् । आँधीबाट अहिलेसम्म ४० जनाको उद्दार गरिएको छ ।

केन्टकीमा आपतकालीन स्थिति घोषणा गरिएको छ । भौतिक संरचनाहरु तहसनहस भएका छन् भने विद्युत र सञ्चार सम्पर्क पनि विच्छेद भएको छ ।

आँधीबाट मिसोउरी, अर्कान्सस, इलिनोइस, टेनेसा, मिसीसिपीलगायतका राज्य प्रभावित भएका छन् ।

राष्ट्रपति जो बाइडेनले आँधीले ठूलो जनधनको क्षति गरेको भन्दै धैर्य रहन सबैलाई आग्रह गरेका छन् ।

केन्टकीको आँधी इतिहासमै ठूलो भएको बाइडेनले बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds