ओमिक्रोनको संक्रमण बढ्न थालेपछि वेलायतमा आपतकाल घोषणा

ओमिक्रोनको संक्रमण बढ्न थालेपछि वेलायतमा आपतकाल घोषणा

Boris Jonson Uk

काठमाडौँ । वेलायतमा प्रधानमन्त्री बोरिस जोनसनले आपतकाल घोषणा गरेका छन् ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्न थालेसँगै प्रधानमन्त्री जोनसनले आमिक्रोन आपतकाल घोषणा गरेका हुन् ।

उनले ओमिक्रोनको संक्रमण नियन्त्रणका लागि १८ वर्षभन्दा माथिका सबै नागरिकलाई यसै सातादेखि बुस्टर डोज खोप लगाइनेसमेत बताए ।

वेलायती लिभिजनमार्फत् सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले ओमिक्रोनको छाल र ज्वारभाटा नै आउनेमा कुनै आशंका नभएको भन्दै समयमै सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

कोरोना विरुद्धको खोप दुई डोज मात्र पर्याप्त नहुने हुँदा बुस्टर डोज अनिवार्य रहेकाले यसले भाइरस नियन्त्रणमा ७५ प्रतिशतसम्म काम गर्ने अधिकारीहरूको दाबी छ ।

वेलायतमा ओमिक्रोन संक्रमण तीव्र रुपमा बढ्न थालेपछि सरकारले विभिन्न क्षेत्रमा थप प्रतिबन्धात्मक नियम लागू गरेको छ । विगत केही सातादेखि दैनिक ५० हजारको हाराहारीमा नयाँ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds