मिस युनिभर्स २०२१ को उपाधि भारतकी हरनाज सान्धुलाई

मिस युनिभर्स २०२१ को उपाधि भारतकी हरनाज सान्धुलाई

india_miss

काठमाडौँ । भारतीय सुन्दरी हरनाज सान्धुले मिस युनिभर्स २०२१ को उपाधि जितेकी छन् ।

यो सँगै २१ वर्ष पछि भारतले मिस युनिभर्सको ताज जितेको छ । भारतको पञ्जाब, चण्डीगढकी मोडेल सन्धुले आज इजरायलमा भएको ७०औंँ मिस युनिभर्स प्रतियोगिताको फाइनलमा पाराग्वे र दक्षिण अफ्रिकाका गरी ७० जना प्रतिस्पर्धीलाई पछि पारिन् ।

सान्धुलाई गत बर्षकी मिस युनिभर्स मेक्सीकन मोडल एन्ड्रिया मेजाले ताज लगाइदिइन् ।

मिस युनिभर्सको प्रतिस्पर्धामा नेपालको तर्फबाट मिस युनिभर्स नेपाल सुजिता बस्नेतले सहभागिता जनाएकी थिइन् । मिस युनिभर्स प्रतिस्पर्धामा सुजिताले नेपालको चिनारी झल्कीने कस्टियुममा प्रस्तुत भएकी थिइन् ।

भारतले यस अघि सन् २००० मा लारा दत्तले मिस युनिभर्सको उपाधि जितेकी थिइन् भने सन् १९९४ मा सुस्मिता सेनले उपाधि हात पारेकी थिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ