जम्मू–कश्मीरको श्रीनगरमा आतङ्कवादी आक्रमणः दुई सुरक्षाकर्मीको मृत्यु, १२ जना घाइते

जम्मू–कश्मीरको श्रीनगरमा आतङ्कवादी आक्रमणः दुई सुरक्षाकर्मीको मृत्यु, १२ जना घाइते

Jammu-Kashmir-attack

काठमाडौँ । जम्मू–कश्मीरको श्रीनगरमा भारतीय प्रहरी सवार बसमा आतंकवादी आक्रमण भएको छ ।

आक्रमणमा दुई जना सुरक्षाकर्मीको मृत्यु भएको छ । १२ जना घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ड्युटी सकेर क्याम्पमा फर्किंदै गर्दा श्रीनगरको जेवन पान्था चोक नजिक सोमबार साँझ आक्रमण भएको थियो । प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार तीन जना बन्दुकधारीले गोली चलाएका थिए ।

आक्रमणमा एक असई र एक हवल्दारको ज्यान गएको खबरमा उल्लेख छ । घाइते प्रहरी जवानको सेनाको अस्पतालमा उपचार भइरहेको जनाइएको छ । सो बसमा नवौ बटालियनका प्रहरी जवानहरु सवार थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds