टेक्ससमा गोली प्रहारः एक जनाको मृत्यु, १४ घाइते

टेक्ससमा गोली प्रहारः एक जनाको मृत्यु, १४ घाइते

goli

काठमाडौँ । अमेरिकाको टेक्ससमा अन्धाधुन्ध गोली चल्दा एक जनाको मृत्यु भएको छ । घटनामा १४ जना घाइते भएका छन् ।

घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

टेक्ससको भिडभाड क्षेत्रमा अज्ञात व्यक्तिले सर्वसाधारणमाथि अन्धाधुन्ध गोली प्रहार गरेको अधिकारीहरूले जानकारी दिएका छन् ।

घटनाका बारेमा विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds