हैटीमा इन्धन बोकेको ट्यांकर विष्फोट हुँदा ५० जनाको मृत्यु

हैटीमा इन्धन बोकेको ट्यांकर विष्फोट हुँदा ५० जनाको मृत्यु

haiti

काठमाडौँ । हैटीको उत्तरी क्षेत्रमा इन्धन बोकेको ट्यांकर बिस्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

उक्त घटनापछि सरकारले तीन दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ ।

हैटीको क्याप–हेटियन शहरको सडकमा गुडिरेको ट्याकरबाट इन्धन चुहिएर दुर्घटना भएको थियो । ट्यांकरबाट चुहिएको तेल जम्मा गर्न सर्वसाधारणको भीड लागेको बेला ट्यांकर विष्फोट भएको थियो ।

घटनामा दर्जनौ घाइते भएका छन् । घाइतेहरु पुरै जलेको अवस्थामा रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds