पाकिस्तानमा एक महिला सामाजिक कार्यकर्ताको चक्कु प्रहार गरी हत्या

पाकिस्तानमा एक महिला सामाजिक कार्यकर्ताको चक्कु प्रहार गरी हत्या

काठमाडौँ । पाकिस्तानमा एक महिला सामाजिक कार्यकर्ताको चक्कु प्रहार गरी हत्या गरिएको छ ।

२४ वर्षीया सबा असलम पाकिस्तानको न्यु कराची क्षेत्रमा रहेको आफ्नो घरबाट बाहिर निस्कनेक्रममा मोटरसाइकलमा आएका नकावधारीको समुहले चक्कु प्रहार गरी उनको हत्या गरेको हो ।

चक्कु प्रहारबाट घाइते भएका उनलाई अस्पताल पुर्याउने बितित्रै चिकित्सकहरुले मृत घोषणा गरेको हो । प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलमा आएका दुई नकाबधारीले उनको ढाडमा हतियारले प्रहार गरेका थिए ।

असलम पछिल्लो पाँच वर्षअघि अनीसा असलम वेलफेयर नामको संस्थाका संस्थापक हुन् । घटनामा संलग्नहरुको ब्यापक खोजी भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds