प्रतियोगीमा कोरोना संक्रमण देखिएपछि ‘मिस वर्ल्ड २०२१’ स्थगित

प्रतियोगीमा कोरोना संक्रमण देखिएपछि ‘मिस वर्ल्ड २०२१’ स्थगित

MissWorld

काठमाडौँ । ‘मिस वर्ल्ड २०२१’ प्रतियोगिता स्थगित भएको छ ।

केही प्रतियोगी, आयोजक र कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

मिस वर्ल्ड आयोजकले प्रेस विज्ञप्ति जारी गर्दै ९० दिनभित्र अवस्था सामान्य भएको खण्डमा प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।

यो प्रतियोगिता अमेरिकाको पुएर्तो रिकोमा आयोजना गर्ने तयारी गरिएको थियो । यसका लागि विश्वका सुन्दरीहरु केही हप्तादेखि पुएर्तोमा वर्कसप गरिरहेका थिए ।

प्रतियोगितामा सहभागी १७ प्रतिष्पर्धीमा कोरोना पोजेटिभ देखिएको छ । जसमा भारतीय सुन्दरी मनासा पनि छिन् । आयोजकका अनुसार संक्रमितमध्ये सातजना आइसोलेसनमा छन् । अन्य प्रतियोगीहरुका लागि आवश्यक सुरक्षा मापदण्ड अपनाइएको छ । जसकारण कोरोना संक्रमण रोकिनेमा आयोजक विश्वस्त छन् ।

प्रतियोगितामा भाग लिनका लागि नेपालबाट मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ पनि अमेरिका पुगिसकेकी छन् ।

अब आयोजकले सबै प्रतियोगीहरुको कोरोना परीक्षण गरेर उनीहरुलाई आफ्नो देश फर्काउने तयारी गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ