नेपाली मजदुर चढेको बस भारतमा दुर्घटनाः बालकको मृत्यु, ५ जना घाइते

नेपाली मजदुर चढेको बस भारतमा दुर्घटनाः बालकको मृत्यु, ५ जना घाइते

accident

काठमाडौँ । नेपाली मजदुर चढेको बस भारतमा दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

बिहीबार धनगढीको कालिका मष्टामण्डली टुर एण्ड ट्राभल्सबाट टिकट लिएका ५६ जना नेपाली मजदुर चढेको भारतीय यूपी०३३०पी१३७५ नम्बरो बस पलियामा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा परेर अछामको बान्नीगढी जयगढ गाउँपालिकाका ४ वर्षीय विष्णु थापाको मृत्यु भएको हो ।

घाइतेहरूको भारतमै उपचार भइरहेको छ भने मृतकको शव पनि भारतमै छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds